Logo

मेस्सीले अगष्ट २९ मा पिएसजीबाट डेब्यु गर्ने

ई-खेलकुद २०७८ भदौ २ , बुधबार ०८:०८ मा प्रकाशित

एजेन्सी । स्पेनिस क्लब बार्सिलोना छाडेर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन पिएसजी पुगेका अर्जेन्टिनी स्टाईकर लियोनल मेस्सी अगष्ट २९ मा मैदान उत्रने भएका छन् । लिग वान अन्तर्गत रेईम्सविरुद्धको खेलबाट मेस्सीले पिएसजीका लागि डेब्यु गर्न लागेका हुन् । उक्त खेल रेइम्सको मैदानमा हुनेछ ।
गत मङ्गलबार स्पेनको २० वर्षे बसाइ अन्त्य गरेर फ्रान्सको राजधानी पेरिस बसाइँ सरेका मेस्सी हाल प्रशिक्षणमा छन् ।

कोपा अमेरिकाको उपाधि जितेपछि लामो छुट्टीमा बसेका मेस्सीले प्रि–सिजनका खेलका कुनै पनि खेल खेलेनन् । ३४ वर्षीय मेस्सी मैदानमा उत्रिनका लागि प्रशिक्षणरत छन् भने परिवारलाई राख्नका लागि पेरिसमा नयाँ घरको खोजीमा पनि छन् । पिएसजीले शुक्रबार ब्रेस्टसँग खेल्दै छ । उक्त खेलमा मेस्सी हुने छैनन् । तथापि, सोही खेलको दोस्रो हाफबाट मेस्सीले डेब्यु गर्ने सम्भावना पनि रहेको फ्रान्सेली मिडियाहरुले उल्लेख गरेका छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?