Logo

मेसी र रोनाल्डोलाई पछि पार्दै भान डाईजले जिते उत्कृष्ट बर्ष खेलाडीको अवार्ड

ई-खेलकुद २०७६ भदौ १३ , शुक्रबार ०६:०८ मा प्रकाशित

एजेन्सी । युईएफए उत्कृष्ट बर्ष खेलाडीको अवार्ड लिभरपुलका डिफेण्डर भर्जिल भान डाईजले जितेका छन् । बार्सिलोनाका स्टाईकर लियोनल मेसी र युभेन्टसका क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै भान डाईजले बर्ष खेलाडीको अवार्ड हात पारेका हुन् । लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउने क्रममा उनले टोलीका लागि महत्वपुर्ण भुमिका निर्बाह गरेका थिए ।

डिफेण्डरका रुपमा बर्षको उत्कृष्ट खेलाडी बन्ने उनी नै पहिलो खेलाडी समेत हुन् । त्यस्तै यो अवार्ड जित्ने पहिलो डच खेलाडी समेत बन्न सफल भएका छन् । प्रशिक्षक र खेल पत्रकारको भोटका आधारमा उनी बर्षको उत्कृष्ट पुरुष खेलाडी बनेका हुन् ।
त्यस्तै लुसी ब्रोन्ज उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन् । फ्रेन्च क्लब ओलम्पिक लियोनेसबाट ब्यवसायिक खेल खेल्दै आएकी ब्रोन्ज यो अवार्ड जित्ने पहिलो ईङलिश खेलाडी हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?