
एजेन्सी । लियोनल मेसीले कीर्तिमानी छैटौं पटक बालोन डी’ओर अवार्ड हात पारेका छन् । अर्जेन्टिनाका कप्तानसमेत रहेका बार्सिलोनाका फरवर्ड मेसीले क्रिष्टियानो रोनाल्डो, सादियो माने र भर्जिल भान डायकलाई पछि पार्दैै अवार्ड हात पारेका हुन् । यसअघि उनले २००९, १०, ११, १२ र १५ को अवार्ड हात पारेका थिए । फ्रान्सको पेरिसमा गएराती भएको बिशेष समारोहमा महिलातर्फको अवार्ड अमेरिकी मेगन रापोनीलाई प्रदान गरिएको छ । लिभरपुलका गोलरक्षक एलिसन बेकर उत्कृष्ट गोलरक्षक घोषित भए । बालोन डि ओरको अबार्डमा मेसीले युभेन्टसका पोर्चुगीस स्टाईकर क्रिष्टियानो रोनाल्डोलाई उछिनेका हुन् । रोनाल्डोले ५ पटक यो अवार्ड जितिसकेका छन् ।
