Logo

मेसीको ह्याट्रिकमा बार्साको शानदार जित

ई-खेलकुद २०७६ मंसीर २२ , आईतबार १०:१२ मा प्रकाशित

एजेन्सी । लियोनल मेसीले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलको पछिल्लो खेलमा बार्सिलोनाले मायोरकालाई ५–२ ले पराजित गरेको छ । यो जितसंगै बार्सा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफमा ४–१ को अग्रता बनाएको बार्साले दोस्रो हाफमा १ गोल गर्दै समान गोल खाएको थियो । सातौ मिनेटमा एन्टोनियो ग्रीजम्यानको गोलबाट अग्रता बनाएको बार्साका लागि १७ औ मिनेटमा मेसीले अग्रता दोब्बर पारेका थिए । ४१ र ८३ औ मिनेटमा गोल गर्दै मेसीले ह्याट्रिक पुरा गरे । लुईस स्वरेजले अर्को गोल गरे । मायोरकाका एन्टे बुडिमिरले २ गोल गरे । १५ खेलबाट ३४ अंक जोडेको बार्सा समान अंक भएको रियल मड्रिडलाई गोल अन्तरमा पछि पार्दै शीर्ष स्थानमा पुगेको हो ।
गएरातीनै रियल मड्रिडले स्पानियोललाई २–० ले पराजित गर्यो । राफायल भराने र करिम बेन्जीमाको गोलमा रियलले जित हात पारेको हो ।
गएरातीका अन्य खेलहरुमा भ्यालेन्सीयाले लेभान्तेलाई ४–२ ले तथा ग्रानाडाले डिर्पोटिभो अलाभेषलाई ३–० ले स्तब्ध पारे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?