Logo

मेसीको ह्याट्रिकमा बार्सिलोनाको शानदार जित

ई-खेलकुद २०७६ कात्तिक २४ , आईतबार ०७:११ मा प्रकाशित

एजेन्सी । बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । पछिल्लो खेलमा सेल्टा डि भिगोलाई ४–१ ले हराउदै बार्सिलोनाले तालिकामा सुधार गरेको हो । लियोनल मेसीले ह्याट्रिक गरेपछि बार्साले सहज जित हात पारेको हो । २३ औ मिनेटमा पहिलो गोल गरेका मेसीले पहिलो हाफको अन्तिम मिनेट र ४८ औ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । अर्को गोल सर्जियो बुस्क्वेटले गरे । सेल्टाका लुकास ओलाजाले सान्त्वना गोल फर्काए । १२ खेलबाट २५ अंक जोडेको बार्सिलोनाले समान अंक भएको रियल मड्रिडलाई गोलअन्तरमा पछि पारेको हो ।

गएराती नै रियल मड्रिडले आईबरलाई ४–० ले स्तब्ध पार्यो । रियलको जितमा करिम बेन्जीमाले २ तथा सर्जियो रामोस र फेडरिको भल्भर्डेले एक एक गोल गरे । अन्य खेलहरुमा डिर्पोर्टिभो अलाभेसले रियल भल्लाडोलिडलाई ३–० ले तथा भ्यालेन्सीयाले ग्रानाडालाई २–० ले स्तब्ध पारे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?