
एजेन्सी । अन्तराष्ट्रिय मैत्रीपुर्ण फुटबल खेलमा अर्जेन्टिना र उरुग्वेले २–२ को बराबरी खेलेका छन् । गएराती भएको खेलमा ईन्ज्युरी समयमा लियोनल मेसीले गोल गर्दै टोलीको हार टारेका थिए । ३४ औ मिनेटमा एडिसन काभानीको गोलबाट खेलमा अग्रता बनाएको उरुग्वेबिरुद्ध ६३ औ मिनेटमा सर्जियो अगुईरोले गोल गर्दै अर्जेन्टिनालाई १–१ को बराबरीमा पुर्याएका थिए । त्यसको ५ मिनेटपछि लुईस स्वरेजले गोल गर्दै उरुग्वेलाई २–१ को अवस्थामा पुर्याए । ६६ प्रतिशत बल पोजिशनको खेलमा ईन्ज्युरी समयमा पाएको पेनाल्टिमार्फत अर्जेन्टिना खेलमा फर्किएको थियो । लियोनल मेसीले पेनाल्टिको अवसर सदुपयोग गरेका थिए । बलमाथी अधिकांश समय नियन्त्रण जमाएपनि अर्जेन्टिनाका आधा दर्जन थप अवसर भने उरुग्वेको रक्षापक्तिले विफल पारेको थियो ।
