Logo

मेलवर्न रेनेगेड्सद्धारा मेलवर्न स्टार्ससामु १ सय ४३ रनको चुनौती, सन्दिपले चट्काए ३ विकेट

ई-खेलकुद २०७६ पुस १९ , शनिबार ०३:०१ मा प्रकाशित

एजेन्सी । बिग बास लिग क्रिकेट अन्तर्गत मेलबर्न डर्बीको खेलमा रेनेगेड्सले मेलवर्न स्टार्ससामु १ सय ४३ रनको मध्यम चुनौती प्रस्तुत गरेको छ । मेलवर्नमा टस जितेको स्टार्सले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको रेनेगेड्सले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४२ रनको योगफल तयार पारेको हो ।
सउन मार्सले सर्बाधिक ४३ रन बनाएको रेनेगेड्सको ईनिङसमा कप्तान एरोन फिन्चले २५ र बिआउ वेभस्टरले रन बनाए ।
स्टार्सका सन्दिप लामिछानेले ३, एडम जाम्पा र डेल स्टेनले समान २ तथा नाथन कोउल्टरले एक विकेट लिए । एक खेलको बिश्राम पछि मैदान उत्रेका सन्दिपले आफ्नो स्पेलमा २६ रन खर्चेर ३ विकेट लिएका हुन् । सुरुवाती २ ओभरमा विकेटविहिन बनेका उनले तेस्रो ओभरमा सउन मार्स र डानिएल क्रिष्टियनलाई पभेलियनको बाटो देखाएका हुन् । स्पेलको अन्तिम ओभरमा उनले टम कोपरलाई एलबीडब्लु धरापमा पारे ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?