Logo

मेरो तुलना मेस्सीसंग नगरिदिनुहोस : भारतीय कप्तान सुनिल क्षेत्री

ई-खेलकुद २०७८ जेठ २७ , बिहीबार ०८:०६ मा प्रकाशित

एजेन्सी । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले आफ्नो तुलना अर्जेन्टिनी स्टार लियोनल मेस्सीसंग नगर्न आग्रह गरेका छन् । अन्तराष्ट्रिय गोल सख्यामा मेस्सीलाई पछि पारेका क्षेत्रीले कुनैपनि हिसाबमा त्यसलाई तुलना गर्न योग्न नहुने स्पष्ट पारेका हुन् ।
विश्वकप छनोटको खेलमा बंगलादेशविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय गोलको सुचिमा क्षेत्रीले मेस्सीलाई पछि परेका थिए । मेस्सीलाई पछि पारेपछि उनको चर्चा चलिरहेको छ ।
भारतीय संचारमाध्यमसँग क्षेत्रीले मेस्सी संसारकै फुटबल स्टार भएकाले उनीसँग आफ्नो तुलना नहुने जनाएका हुन् । राष्ट्रिय जर्सीमा मेस्सीले ७२ र क्षेत्रीले ७४ गोल गरेका छन् ।
क्षेत्रीले भने– ‘मलाई र मेस्सीसँग तुलना गर्न मिल्दैन, म मेस्सीको फ्यान हुँ, गोल गर्ने सूचीमा रहेका कुनैपनि खेलाडीसँग कसैलाई दाज्न हुँदैन ।’
कप्तान क्षेत्री नेपाली मुलका भारतीय हुन् । उनको बाल्यकाल मावली घर झापाको सालबारीमा बितेको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?