Logo

मेदभेदेव सेमिफाइनलमा वावरिन्का बाहिरिए, महिलातर्फ सेरेना र भित्तोलिना अन्तिम चारमा

ई-खेलकुद २०७६ भदौ १८ , बुधबार ०६:०९ मा प्रकाशित

एजेन्सी । रसियाका डानिल मेदभेदेव अमेरिकी सेरेना विलियम्स र युक्रकेनी एलिना भित्तोलिना युएस ओपन टेनिसको सेमिफाइनलमा प्रबेश गरेका छन् । स्विटजरल्याण्डका स्टेनस लस वावरिन्कालाई ३–१ को सेटले हराउदै मेदभेदेवले अन्तिम चारको यात्रा तय गरेका हुन् । पहिलो सेटमा ७–६ को जित निकालेका मेदभेदेवले दोस्रो सेटमा ६–३ को सहज जित हात पारेका थिए । तेस्रो सेट ३–६ ले वावरिन्कालाई सुम्पिएका मेदभेदेवले चौथो सेटमा ६–१ को जित हात पारेका थिए ।
महिला एकलतर्फको खेलमा सेरेनाले चीनकी वाङ क्वाङलाई सोझो सेटले पाखा लगाईन् । पहिलो सेटमा ६–१ को जित निकालेकी सेरेनाले दोस्रो सेटमा ६–० को शानदार जित हात पार्दै सेमिफाइनलमा स्थान सुरक्षित गरिन् ।
बेलायतकी जोहाना कोन्टालाई सोझो सेटले हराउदै भित्तोलिनाले पनि अन्तिम चारको यात्रा तय गरिन । कोन्टाबिरुद्ध ६–४ र ६–४ को सहज जित निकाल्दै भित्तोलिनाले अघिल्लो चरणमा स्थान सुरक्षित गरिन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?