Logo

मुचोभा अष्ट्रेलियन ओपनको सेमिफाईनलमा

ई-खेलकुद २०७७ फागुन ५ , बुधबार ०८:०२ मा प्रकाशित

एजेन्सी । २१ औ वरियताकी चेक रिपब्लिकन कारोलिना मुचोभा अष्ट्रृलियन ओपन टेनिस अन्तर्गत महिला एकलतर्फ सेमीफाईनलमा प्रबेश गरेकी छिन् । क्वार्टरफाईनलमा अष्ट्रेलियन एस्लेघ बार्टीलाई २–१ को सेटले हराउदै मुचोभाले अन्तिम चारको यात्रा तय गरेकी हुन् । पहिलो सेट १–६ ले बार्टीलाई सुम्पिएकी मुचोभाले त्यसपछिका सेटमा ६–३ र ६–२ को जित निकाल्दै सेमिफाईनलमा स्थान बनाएकी हुन् । अन्तिम चारको स्पर्धामा उनले अमेरिकी जेनिफर ब्राडी र जेसीका पिगुलाबिचको विजेतासंग खेल्नेछिन् । यसअघि अमेरिकी सेरेना विलियम्स र जापानी नाओमी ओसाकाले अन्तिम चारको यात्रा तय गरिसकेका छन् ।
पुरुष एकलतर्फको क्वार्टरफाईनलमा आज रसिण्न एण्ड्रे रुवलेभ र डानिल मेदभेदेव तथा स्पेनी राफायल नाडाल र ग्रीसका स्टेफानोस सितसिपास प्रतिस्पर्धा गर्नेछन् ।

अष्ट्रेलियन ओपन मुचोभा

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?