Logo

माल्दिभ्सलाई हराएको नेपाल फाईनल प्रबेशका लागि अन्य टोलीको नतिजा कुर्दै

ई-खेलकुद २०७८ पुस ११ , आईतबार ०५:१२ मा प्रकाशित

काठमाडौं । नेपालको पुरुष भलिबल टोलीले बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा दोस्रो जित निकालेको छ । समूहचरणको आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटले हराएको हो । जारी प्रतियोगितामा पुरुष टोलीको यो दोस्रो जित हो ।

यसअघि नेपालले उज्वेकिस्तानलाई ३–१ को सेटले हराएको थियो । ढाकामा भएको खेलमा पहिलो सेट २७–२५ ले जितेको नेपालले त्यसपछिका सेटमा २५–१९ र २५–२३ को नतिजा निकाल्यो । यो जितसँगै नेपालको फाइनल प्रबेशको संभावना कायमै रहेको छ ।

यद्यपी अन्य टोलीको नतिजाले मात्र नेपालको संभावना कायम रहनेछ । जितसँगै नेपालले ४ खेलमा ६ अंक जोडेको छ । प्रतियोगिता अन्गर्तत महिलातर्फ भने नेपाली महिला टोली फाइनलमा पुगीसकेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?