
काठमाण्डौ । नेपाल १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलको फाईनल नजिक पुगेको छ । आज भएको आफ्नो तेस्रो खेलमा माल्दिभ्सलाई २–१ ले हराउदै नेपाल फाईनल नजिक पुगेको हो ।
त्रिपुरेश्परस्थित दशरथ रंगशालामा १–० ले पछि परेको अवस्था उल्टाउदै नेपालले जित हात पारेको हो । १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । ५२ औ मिनेटमा सुनिल बलको कर्नरमा अनन्त तामाङले हेडबाट गोल गर्दै नेपाललाई जित दिलाए ।
निक्कै प्रतिस्पर्धात्मक खेलमा नेपालका २ प्रहार बारमा लागेर फर्किएको थियो भने केहि अवसर माल्दिभ्सको रक्षापक्तिले विफल पारेको थियो । ३ खेलबाट नेपालले ७ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा पुगेको छ । ६ अंक भएको भुटान तालिकाको दोस्रो स्थानमा छ ।
