Logo

माल्दिभ्सलाई हराउदै नेपाल फाईनलमा, साबित्राको किर्तिमानी गोल

ई-खेलकुद २०७६ मंसीर १९ , बिहीबार ०४:१२ मा प्रकाशित

पोखरा । नेपाली महिला टोली साग महिला फुटबलको फाइनलमा प्रबेश गरेको छ । पोखरामा आज भएको खेलमा माल्दिभ्सलाई ३–० ले हराउदै नेपालले फाईनलमा स्थान सुरक्षित गरेको हो । नेपालले स्वर्णका लागि भारतसँग खेल्नेछ । त्यसअघि समूह चरणको अन्तिम खेलमा पनि नेपाल र भारत आमने सामने हुनेछन् ।
नेपाललाई जिताउन तीनै गोल साबित्रा भण्डारीले गरिन् । १६ औं मिनेट पहिलो गोल गरेकि साबित्राले २४ र ईन्ज्युरी समयमा गोल गर्द ह्याट्रिक पुरा गरिन् । तेस्रो गोल उनले पेनाल्टिमार्फत गरेकि थिईन् ।
यसैबिच साबित्रा भण्डारी महिला टोलीकी सर्बाधिक गोलकर्ता बनेकि छिन् । माल्दिभ्सबिरुद्धको खेलबाट उनले अनु लामाको नाममा रहेको ३५ गोलको किर्तिमान तोडेकी हुन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?