Logo

माल्दिभ्सबिरुद्ध नेपालको सहज जित, फाईनल पुग्न बंगलादेशसंगको खेल महत्वपुर्ण

ई-खेलकुद २०७६ मंसीर २० , शुक्रबार ०४:१२ मा प्रकाशित

काठमाण्डौ । साग पुरुष क्रिकेटको तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । आज भएको खेलमा माल्दिभ्सलाई ८४ रनले हराउदै नेपालले फाईनल पुग्ने संभावना कायमै राखेको हो । १ सय ६४ रनको लक्ष्यसहित ब्याटिङमा उत्रिएको माल्दिभ्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर ७९ रन मात्र बनाउन सक्यो ।
महम्मद अजामले १७ र ईब्राहिम हसनले १२ रन बनाएको माल्दिभ्सको ईनिङसमा महम्मद रिसवानले १३ र अली ईभानले ११ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका सुसन भारी र ललितनारायण राजवंशीले समान २ तथा अबिनाश बोहोराले माल्दिभ्सको एक विकेट लिए । माल्दिभ्सका एक ब्याट्सम्यान रनआउट भएका थिए ।
यसअघि राजधानीको किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदान टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ६३ रनको योगफल तयार पारेको थियो ।
नेपालका लागि बिष्फोटक ब्याटिङ गरेका करण केसीले अबिजित ४० रनको योगदान गरे । दिपेन्द्रसिंह ऐरीले ३९ रन बनाएको ईनिङसमा कप्तान ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले समान १९ रन जोडे । आरिफ शेखले १७, पारस खड्काले ११ र रोहित पौडेलले १० रन बनाए । माल्दिभ्सका लिम साफिगले ३ तथा अमिल मौरुफले २ विकेट लिए ।
नेपालले समुहचरणको आफ्नो अन्तिम खेलमा भोली बंगलादेशसंग खेल्नेछ । भोलीको खेलले फाईनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?