
एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिग अन्तर्गत सुपर लिगको खेलमा माराथा अरेबियन्सबिरुद्ध सन्दिप लामिछानेले सन्तुलित बलिङ गरेका छन् । कर्नाटकामा आबद्ध सन्दिप यसअघिको खेलमा खर्चिलो सावित बनेका थिए ।
आबुदाबीस्थित शेख जेयाद क्रिकेट मैदानमा माराथाबिरुद्ध आफ्नो स्पेलमा सन्दिपले २५ रन खर्चिएर १ विकेट लिएका हुन् । आफ्नो पहिलो ओभरमा १४ रन खर्चिएका उनले दोस्रो ओभरमा ११ रन खर्चदै विकेट हात पारेका हुन् । टस जितेर ब्याटिङमा रहेको माराथा उच्च योगफलउन्मुख भएको छ ।
