
एजेन्सी । युएईमा जारी टि–१० क्रिकेट लिग अन्तर्गत सुपर लिगको खेलमा अहिले माराथा अरेबियन्स र कर्नाटका टस्कर्सबिच प्रतिस्पर्धा भईरहेको छ । आबुदाबीस्थित शेख जेयाद क्रिकेट मैदानमा टस जितेको माराथाले अहिले ब्याटिङ गरिरहेको छ ।
सुपर लिगको खेलमा कर्नाटकाले नेपाली लेगस्पिनर सन्दिप लामिछानेलाई प्लेईङ सेटमा राखेको छ । पछिल्लो खेलमा खरबा बलिङ गरेपनि टोलीले उनीमाथीको भरोसा कायमै राखेको हो ।
