Logo

महिला विश्वकप छनोट : भुटानले नेपाललाई दियो ६२ रनको लक्ष्य

ई-खेलकुद २०७८ मंसीर ७ , मंगलबार ०४:११ मा प्रकाशित

काठमाडौं । युएईमा जारी आईसीसी टी–२० महिला विश्वकपको एसीयाली छनोटमा भुटानले नेपालसामु ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस जितेर व्याटिङमा उत्रिएको भुटानले निर्धारित ओभरमा ६ विकेट गुमाएर ६१ रनको योगफल तयार पारेको हो । नेपालका बलरसामु खुलेर खेल्न नसकेको भुटानका लागि नवाङ छोदेनले सर्बाधिक १३ रन बनाइन् । सोनाम पाल्दोनले ११ रन जोडिन । उसका अन्य व्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भुटानलाई सामान्य स्कोरमा रोक्न नेपालकी सीता राना मगरले ३ तथा करुणा भण्डारीले एक विकेट लिए । भुटानका २ व्याट्सवुमन रनआउट भएका थिए ।
पहिलो खेलमा हङकङसँग पराजित भएको नेपाल दोस्रो खेलमा पहिलो जित निकाल्ने योजनामा छ । भुटानले भने पहिलो खेलमा कुवेतलाई हराएको थियो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?