Logo

महिला विश्वकप छनोट : भुटानविरुद्ध नेपालको शानदार जित

ई-खेलकुद २०७८ मंसीर ७ , मंगलबार ०६:११ मा प्रकाशित

काठमाडौं । युएईमा जारी आईसीसी टी–२० महिला विश्वकपको एसीयाली छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ । आज भएको खेलमा भुटानलाई ८ विकेटले हराउदै नेपालले दोस्रो खेलमा पहिलो जित निकालेको हो । भुटानले दिएको ६२ रनको चुनौती नेपालले ८ दशमलव ३ ओभरमा २ विकेट गुमाएर भेट्टायो । नेपालको जितमा अबिजित रहँदै ईन्दु बर्माले १८ रनको योगदान गरिन् । सीता राना मगरले १७ रन जोडिन् । कप्तान रुबिना क्षेत्री १० रनआ आउट हुँदा मात्र २ बल खेलेकी कविता कुँवर ८ रनमा नटआउट रहिन । भुटानकी टासी छेकीले नेपालको एक विकेट लिईन् । रुबिना रनआउट भएकी थिईन् ।
यसअघि दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा टस जितेर व्याटिङमा उत्रिएको भुटानले निर्धारित ओभरमा ६ विकेट गुमाएर ६१ रनको योगफल तयार पारेको थियो । नेपालका बलरसामु खुलेर खेल्न नसकेको भुटानका लागि नवाङ छोदेनले सर्बाधिक १३ रन बनाइन् । सोनाम पाल्दोनले ११ रन जोडिन । उसका अन्य व्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
भुटानलाई सामान्य स्कोरमा रोक्न नेपालकी सीता राना मगरले ३ तथा करुणा भण्डारीले एक विकेट लिए । भुटानका २ व्याट्सवुमन रनआउट भएका थिए । आफ्नो पहिलो खेलमा कुवेतलाई ४० रनले हराएको भुटानको जारी प्रतियोगीतामा पहिलो हार हो । नेपाल भने पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो । नेपालले आफ्नो तेस्रो खेलमा बिहिबार कुवेतको सामना गर्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?