Logo

महिला विश्वकप एक बर्षपछि सर्यो

ई-खेलकुद २०७७ मंसीर ५ , शुक्रबार ०९:११ मा प्रकाशित

एजेन्सी । आईसीसी ट्वान्टी–२० महिला विश्वकप एक बर्ष पछि सरेको छ । कोरोना माहामारीका कारण प्रतियोगीताको छनोट खेलहरु प्रभावित भएको भन्दै सन् २०२२ मा हुने तय भएको प्रतियोगीता एक बर्षपछि सरेको हो ।
अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीको बोर्ड बैठकले दक्षिण अफ्रिकामा सन् २०२३ मा प्रतियोगीता गर्नेगरी नयाँ मिती तय गरेको छ । आईसीसीका अनुसार महिला विश्वकप सन् २०२३ को फ्रेब्रुअरी ९ देखी २६ सम्म हुनेछ । यसअघि भारतमा सन् २०२० मा भएको महिला विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको थियो ।

दक्षिण अफ्रिका महिला विश्वकप

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?