Logo

महिला विश्वकपको एसीयाली छनोटमा नेपालले आज भुटानसँग खेल्दै

ई-खेलकुद २०७८ मंसीर ७ , मंगलबार १२:११ मा प्रकाशित

काठमाडौं । युएईमा जारी आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको एसीयाली छनोटमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ । दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुने खेल नेपाली समयानुसार दिउँसो सवाँ ३ बजे सुरु हुनेछ ।

पहिलो खेलमा हिजो हङकङसँग ६ विकेटको हार भोगेको नेपाल दोस्रो खेलमा जित निकाल्दै ग्लोबल क्वालिफायर पुग्ने संभावना जिवितै राख्ने योजनामा छ । कुवेतलाई ४० रनको फराकिलो अन्तरले हराएको भुटानको लक्ष्य भने नेपाललाई हराउदै लगातार दोस्रो जित निकाल्नु हुनेछ ।

६ टोली सहभागी छनोटको शीर्ष टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउने भएकाले पहिलो खेलमा हार व्योहोरेको नेपालका लागि आगामी यात्रा कठिन देखिएको छ । यद्यपी बाँकी ४ खेलमा जित निकाल्दै अन्य टोलीको नतिजा पनि अनुकुल आए त्यसको फाइदा नेपाललाई पुग्नेछ ।

व्याटिङमा कमजोर देखिएको नेपालको बलिङपनि हङकङविरुद्ध लयमा रहन सकेन् । नेपालसँगै हङकङ र युएई ग्लोबल छनोटका मुख्य दाबेदार टोली हुन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?