Logo

महिला लिग आज सकिदै, अन्तिम खेलमा एपीएफ र आर्मी भिड्ने

ई-खेलकुद २०७७ फागुन ७ , शुक्रबार ०९:०२ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबल आज सकिदैछ । डबल राउण्ड रोबिन लिगका आधारमा पहिलो पटक सञ्चालन गरिएको महिला लिगको अन्तिम दिन आज २ खेल हुदैछन् । दिनको पहिलो खेलमा बिहान १० बजे नेपाल पुलिस र उदयपुरको चौदण्डीगढी नगरपालिका प्रतिस्पर्धा गर्नेछन् । यी दुई टोलीबिचको प्रतिस्पर्धा ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ । पुछारको टोली चौदण्डीगढीलाई हराउन सके पुलिस तालिकाको तेस्रो स्थानमा पुग्नेछ । जारी प्रतियोगीतामा चौदण्डीगढीले खाता खोल्न सकेको छैन् । ११ खेलबाट पुलिस १५ अंकमा तालिकाको चौथो स्थानमा छ ।
महिला लिगको अन्तिम खेलमा दिउँसो २ बजे विभागीय डर्बीको खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा उपाधि जितिसकेको नेपाल एपीएफ र दोस्रो स्थानको त्रिभुवन आर्मी प्रतिस्पर्धा गर्नेछन् । दुई खेल अगाबै लिगको उपाधि उचालेको एपीएफ प्रतियोगीतामा अपराजित छ । आर्मीबिरुद्ध मैदान उत्रदा एपीएफ आफ्नो अपराजित यात्रा कायमै राख्ने दाउमा हुनेछ । आर्मी भने अघिल्लो भेटमा भोगेको हारको बदला लिने योजनामा छ । एपीएफकी मुख्य स्टाईकर साबित्रा भण्डारी चोटग्रस्त भएपछि आजको खेल आर्मीका लागि केहि सहज हुनेछ ।

एपीएफ महिला लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?