Logo

महिला लिगमा विराटनगरको पहिलो जित

ई-खेलकुद २०७७ माघ १४ , बुधबार ०६:०१ मा प्रकाशित

काठमाण्डौ । विराटनगर महानगरपालिकाले राष्ट्रिय महिला लिग फुटबलमा पहिलो जित निकालेको छ । आज भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ५–० गोल अन्तरले पराजित गर्दै विराटनगरले प्रतियोगीतामा पहिलो जित हात पारेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा विराटनगरलाई जित दिलाउन कुसुम खड्काले ह्याट्रिक गरिन् । अनु राई र सरिता शेर्पाले एक एक गोल थपे ।
खेलको १२ औं मिनेटमा कुसुमले गोल गर्दै विराटनगरलाई अग्रता दिलाएकी थिइन् । ३२ औं मिनेटमा विराटनगरले अग्रता दोब्बर बनायो । मिडफिल्डर अनुले टोलीको अग्रता दोब्बर पारिन् ।
६३ औं मिनेटमा डिफेन्डर सरिताले गोल गर्दा विराटनगर ३–० को बलियो अवस्थामा पुग्यो । ६९ औं मिनेटमा कुसुमले व्यक्तिगत दोस्रो गोल गर्दा विराटनगरले ४–० को अग्रता बनायो ।
उनैले ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गर्दा विराटनगर ५–० को शानदार जित निकाल्न सफल बन्यो ।
विराटनगरले ३ खेलमा ४ अंक जोडेको छ । चन्द्रपुरको ३ खेलबाट ३ अंक छ ।

महिला लिग विराटनगर

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?