Logo

महिला लिगमा आज वालिङ र चौदण्डीगढी तथा एपीएफ र पुलिस भिड्दै

ई-खेलकुद २०७७ माघ १५ , बिहीबार १०:०१ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेल हुँदैछ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिनको पहिलो खेलमा वालिङ नगरपालिका स्याङजा र चौदण्डीगढी नगरपालिका उदयपुर प्रतिस्पर्धामा उत्रनेछन् । बिहान साढे ११ बजे हुने खेलमा दुबै टोली प्रतियोगीताको पहिलो जितको खोजीमा रहनेछन् । लिगमा वालिङले २ बराबरीको नतिजा हात पारेको छ । उ २ अंकमा तलिकाको छैटौं स्थानमा रहेको छ । चौदण्डीभने अंकबिहिन रुपमा तालिकाको पुछारमा छ ।
सोहि मैदानमा हुने अर्को खेलमा दुई विभागीय टोली नेपाल एपीएफ र पुलिस प्रतिस्पर्धा गर्ने छन् । बिभागीय डर्बीको खेल दिउँसो साढे २ बजे सुरु हुनेछ । प्रतियोगीतामा अपराजित रहेको एपीएफ पुलिसलाई हराउदै चौथो जितसंगै अपराजित यात्रालाई कायमै राख्न चाहान्छ । पुलिस भने प्रतियोगीताको दोस्रो जितको खोजीमा रहेको छ ।

एपीएफ महिला लिग

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?