Logo

महिला भलिबल टोलीलाई ऐतिहासिक उपलब्धी, माल्दिभ्सलाई हराउदै नेपालले जित्यो उपाधि

ई-खेलकुद २०७६ कात्तिक २८ , बिहीबार ०४:११ मा प्रकाशित

काठमाण्डौ । नेपाली महिला भलिबल टोलीले ऐतिहासिक उपलब्धी हात पारेको छ । बंगलादेशको ढाकामा सम्पन्न एसीयन भलिवल कन्फेडेरेशन एभीसी सिनियर महिला भलिवल च्याम्पियनसीपको फाइनलमा माल्दिभ्सलाई हराउदै नेपालले ऐतिहासिक सफलता हात पारेको हो । ढाकास्थित शाहिद सुहारावर्दी भलिबल कोर्टमा माल्दिभ्सलाई सोझो सेटले हराउदै नेपालले उपाधि हात पारेको हो । यसअघि समुहचरणमा पनि नेपालले माल्दिभ्सलाई सोझो सेटले पाखा लगाएको थियो ।
पहिलो सेटमा २५–१३ को जित निकालेको नेपालले त्यसपछिका सेटमा २५–१२ र २५–८ को सहज जित हात पार्यो । नेपाली भलिबलले जितेको यो नै हालसम्मको सबैभन्दा ठुलो अन्तराष्ट्रिय उपाधि हो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?