Logo

महिला भलिबल टोलीको प्रशिक्षण सुरु

ई-खेलकुद २०७८ कात्तिक २८ , आईतबार ०४:११ मा प्रकाशित

काठमाडौं । एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसीपको तयारीमा रहेको राष्ट्रिय महिला भलिबल टोलीको प्रशिक्षण सुरु भएको छ । नेपाल भलिबल संघले २० खेलाडीलाई समाबेश गर्दै प्रारम्भीक प्रशिक्षण सुरु गरेको हो । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आजबाट टोलीले प्रशिक्षण आरम्भ गरेको हो । प्रशिक्षक जगदिश भट्टले महिला टोलीलाई प्रशिक्षण दिनेछन् । बंगलादेशको ढाकामा आयोजना हुने प्रतियोगिता आगामी डिसेम्बर २१ देखि २९ सम्म हुनेछ । नेपाली महिला टोलीले २०१९ को सेन्ट्रल जोनको उपाधि जितेको थियो ।
संघले पुरुष टिमको प्रशिक्षण भने केहि दिनपछि सुरु गर्ने जनाएको छ । पुरुष टिमको प्रशिक्षणका लागि विदेशी प्रशिक्षक ल्याउने तयारी संघले गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?