
काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला भलिबलको आफ्नो दोस्रो खेलमा नेपाल बलियो प्रतिद्धन्दी भारतसंग पराजित भएको छ । त्रिपुरेश्वर स्थित राखेप कभर्डहलमा आज भएको खेलमा भारतले नेपाललाई सोझो सेटमा पराजित भएको हो । पहिलो सेटमा २६–२४ को संर्घषपुर्ण जित निकालेको भारतले त्यसपछिका सेटमा सहज जित हात पारेको हो । डिफेन्सीभमा निक्कै कमजोर देखिएको नेपालले दोस्रो र तेस्रो सेट २५–१२ र २५–१५ ले भारतलाई सुम्पिएको थियो ।
भारत र बंगलादेबिच हुने समुहचरणको अन्तिम खेलपछि सेमिफाइनल पुग्ने टोलीको टुंगो लाग्नेछ ।
