Logo

महिला भलिबलमा नेपाललाई रजत पदक, फाईनलमा भारतसंग पराजित

ई-खेलकुद २०७६ मंसीर १७ , मंगलबार ०६:१२ मा प्रकाशित

काठमाण्डौ । नेपाली महिला भलिब टोली अर्को ऐतिहासिक उपलब्धी हात पार्नबाट चुकेको छ । १३ औ दक्षिण एसियाली खेलकुद सागको फाईनलमा पुगेर पनि नेपाली टोली उपविजेता बन्दै रजत पदकमै सिमित बनेको हो ।
त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटले हराउदै भारतले महिला भलिबलतर्फको स्वर्ण हात पारेको हो । पहिलो सेट २५–१७ ले गुमाएको नेपालले त्यसपछिका सेटमा २५–२३ र २५–२१ को जित निकाल्दै खेलमा पुनरागमन गरेको थियो । चौथो सेट २५–२० ले जित्दै भारतले खेल २–२ को सेटमा पुर्याएको थियो । अन्तिम सेटमा १५–६ को सहज जित निकाल्दै भारत पुन एकपटक नेपालको जितमा तगारो बनेको हो ।
यसअघि समुहचरणमा भएको भेटमा भारतले नेपाललाई सोझो सेटले पराजित गरेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?