
काठमाण्डौ । साग महिला भलिवलको उपाधिका लागि नेपालले आज बलियो टोली भारतसंग प्रतिस्पर्धा गर्दैछ । एकै समुहबाट समुहचरण पार गरेका नेपाल र भारत उपाधिका लागि पनि भिड्न लागेका हुन् । राजधानीको त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा दिउँसो चार बजे नेपाल र भारतबिचको फाईनल खेल सुरु हुनेछ । सेमीफाइनलमा नेपालले श्रीलंकालाई तथा भारतले बंगलादेशलाई हराउदै उपाधि यात्रा तय गरेका थिए । फाईनल पुगेर ऐतिहासिक उपलब्धी हात पारेको नेपाल समुहचरणमा भोगेको हारको बदला लिदै भारतलाई हराउने योजनामा रहेको छ ।
