Logo

टी-ट्वेन्टी महिलातर्फ नेपाल अघिल्लै वरियतामा यथावत

ई-खेलकुद २०७६ कात्तिक १२ , मंगलबार ०९:१० मा प्रकाशित

काठमाण्डौ । नेपाली महिला टोली आईसीसीको टी–२० वरियतामा अघिल्लै वरियतामा यथावत रहेको छ । अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसीसीले गएराती सार्बजनिक गरेको नया वरियतामा नेपाल १४ औ स्थानमा यथावत रहेको हो । १७ खेलबाट १ सय २८ रेटिङ अंक पाएको नेपालले २ हजार १ सय ८१ प्वाईन्ट पाएको छ । नेपालको वरियता एसोसिएट राष्ट्रमध्ये तेस्रो हो । नेपाल अघि स्कटल्याण्ड र थाईल्याण्ड रहेका छन् । वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहदा, ईङल्याण्ड दोस्रो, न्युजिल्याण्ड तेस्रो र वेष्ट ईण्डिज चौथो स्थानमा रहेका छन् । ईण्डिया, साउथ अफ्रिका, पाकिस्तान, श्रीलंका, बंगलादेश र आयरल्याण्ड क्रमश पा“चौदेखी दशौ स्थानमा रहेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?