Logo

महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा घिमिरे

ई-खेलकुद २०७८ साउन ४ , सोमबार ०८:०७ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय महिला फुटबल टोलीका सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सघ एन्फाले घिमिरेलाई महिला टोलीको सहायक प्रशिक्षकको रुपमा नियुक्त गरेको हो ।

एन्फा प्रवक्ता किरण राईका अनुसार एसिया कप महिला फुटबलको छनोट खेलको तयारीमा रहेको टोलीको प्रशिक्षणका लागि घिमिरेलाई सहायक प्रशिक्षक नियुक्त गरिएको हो ।
नेपाल पुलिस क्लबबाट ब्यवसायिक फुटबलको सुरुआत गरेका चेतन पहिलो पटक प्रशिक्षण टोलीमा आबद्ध भएका हुन् ।

घिमिरेले आजैबाट जिम्मेवारी बहन गरेका छन् । राष्ट्रिय महिला टोलीले छनोटको तयारी गर्ने क्रममा प्रमुख प्रशिक्षक ग्यारी फिलिप्स र सहायक प्रशिक्षक चेतन घिमिरे रहने छन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?