Logo

महिला फुटबल टोलीकी कप्तान निरु थापा र मनमाया लिम्बुको सन्यास

ई-खेलकुद २०७६ मंसीर २३ , सोमबार ०४:१२ मा प्रकाशित

काठमाण्डौ । नेपाली महिला फुटबल टोलीकी कप्तान निरु थापा र मनमाया लिम्बुले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । घरेलु मैदानमा जारी १३ औ दक्षिण एसियाली खेलकुद सागको फाईनलपछि दुबै खेलाडीले अन्तराष्ट्रिय खेल जिवनबाट सन्यासको घोषणा गरेका हुन् ।
राष्ट्रिय टोलीबाट ४२ क्याप जितेकि निरु घरेलु मैदानबाटै खेल जिवन टुंग्याउने योजनामा थिईन् । नेपाललाई सागको स्वर्ण दिलाएर खेल जिवनबाट बिश्राम लिने लक्ष्यमा रहेपनि उनको सपना भने अधुरै रह्यो । फाईनलमा भारतसंग पराजित भएसंगै नेपाल फेरी एकपटक रजत पदकमै सिमित बनेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?