Logo

महिला फुटबलमा नेपाली टोली भारतसंग पराजित

ई-खेलकुद २०७६ मंसीर २१ , शनिबार ०४:१२ मा प्रकाशित

पोखरा । नेपाली महिला टोली १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको समुहचरणको अन्तिम खेलमा भारतसंग पराजित भएको छ । पोखरा रंगशालामा आज भएको खेलमा भारतले नेपाललाई १–० ले हराएको हो । निक्कै प्रतिस्पर्धात्मक खेलमा १८ औ मिनेटमा बालादेबीले गरेको गोल भारतलाई जित दिलाउन पर्याप्त बन्यो । हारका बावजुतपनि नेपालले फाईनलमा स्थान बनाईसकेको छ । भारत शत प्रतिशत नतिजा निकाल्दै समुहको शीर्ष स्थानमा रहेर फाईनल पुगेको हो । नेपाल भने दोस्रो स्थानमा रहेर कम्तीमा रजत पदक पक्का गरेको हो ।
महिला फुटबलको फाईनलमा नेपाल र भारत नै प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?