
पोखरा । नेपाली महिला फुटबल टोली दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक जित्न असफल भएको छ । घरेलु मैदानमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को फाईनलमा फेरी एकपटक भारत तगारो बनेको हो । पोखरा रंगशालामा आज भएको फाईनलमा भारतसंग २–० ले पराजित भएसंगै महिला टोलीको स्वर्ण जित्ने सपना चकनाचुर भएको हो ।
भारतलाई जिताउन दुबै टोली बाला देवीले गरिन् । पहिलो हाफमा १ गोल गरेकि उनले दोस्रो हाफमा अर्को गोल गर्दै भारतलाई स्वर्ण दिलाएकी हुन् ।
यसअघि समुहचरणमा भएको भेटमा पनि भारतले नेपाललाई हराएको थियो ।
