Logo

महिला फुटबलको बरियतामा नेपाल ३ स्थान उक्लियो

ई-खेलकुद २०७६ मंसीर २८ , शनिबार १०:१२ मा प्रकाशित

काठमाण्डौ । विश्व फुटबलको सर्बोच्च निकाय फिफाले सार्बजनिक गरेको महिला फुटबलको वरियतामा नेपाल ३ स्थान माथी उकिलएको छ । अघिल्लो बरियतामा १ सयौ स्थानमा रहेको नेपाल ३ स्थान सुधार गर्दै ९७ औ स्थानमा आईपुगेको हो ।
नेपालको यो वरियता दक्षिण एसियामा दोस्रो रहेको छ । नेपाल अघि भारत रहेको छ । उसको वरियता नेपालभन्दा ४० स्थान माथी ५७ औ स्थान हो । महिला फुटबलको शीर्ष स्थानमा अमेरिका यथावत रहदा जर्मनी दोस्रो र नेदरल्याण्ड्स तेस्रो स्थानमा रहेका छन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?