Logo

महिला टोलीको बन्द प्रशिक्षण सुरु

ई-खेलकुद २०७८ साउन ४ , सोमबार ०८:०७ मा प्रकाशित

काठमाण्डौ । राष्ट्रिय महिला फुटबल टोलीले एसिया कप छनोटको तयारी सुरु गरेको छ । महिला टोलीले ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बन्द प्रशिक्षण सुरु गरेको हो । टोलीका मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बन्द प्रशिक्षणका लागि ४५ खेलाडी छनोट गरेका छन् ।
सन् २०२२ को एसिया कप फुटबलअघि हुने छनोट खेलका लागि महिला टोली तयारीमा जुटेको हो । छनोट खेल सेप्टेम्बर १३ देखि २५ सम्म हुनेछ । छनोट खेलमा फिलिपिन्स र हङ्गकङ्गसँगै नेपाल समूह ‘एफ’मा छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?