Logo

महिला क्रिकेटमा बंगलादेशलाई स्वर्ण, फाइनलमा श्रीलंका २ रनले पराजित

ई-खेलकुद २०७६ मंसीर २२ , आईतबार ०३:१२ मा प्रकाशित

पोखरा । बंगलादेशले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेटको स्वर्ण पदक हात पारेको छ । पोखरामा आज भएको फाइनलमा श्रीलंकालाई २ रनले हराउदै बंगलादेशले स्वर्ण जितेको हो ।
९२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ८९ रनमात्र बनाएपछि बंगलादेश विजयी भएको हो । श्रीलंकाकी कप्तान हर्सिता माधवीले ३२ र लिहिनी अप्सराले २५ रन बनाएपछि अन्य ब्याट्सवुमन चल्न नसक्दा रजत पदकमै चिक्त बुझायो । बंगलादेशकी नहिदा अख्तरले २ विकेट लिईन् ।
यस अघि पहिले ब्याटिङ बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर ९१ रनको सामान्य योगफल तयार पारेको थियो । बंगलादेशको जितमा निगर सुल्तानाले २९ र सन्जिदा इस्लाम र फाहिम खातुनले समान १५ रन बनाए । श्रीलंकाकी उमिषा थिमासिनीले ४ विकेट लिईन् ।
महिला क्रिकेटमा माल्दिभ्सलाई हराउदै नेपालले कास्य पदक हात पारेको थियो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?