Logo

महिला क्रिकेटमा बंगलादेशद्धारा नेपाल १० विकेटले पराजित

ई-खेलकुद २०७६ मंसीर १८ , बुधबार ११:१२ मा प्रकाशित

पोखरा । १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसंग १० विकेटले पराजित भएको छ । नेपालले दिएको ५१ रनको चुनौती बंगलादेशले ७ दशमलव ४ ओभरमा विना क्षती भेट्टायो ।
आयशा रहमान २६ र मुर्सीदा खातुन २३ रनमा अबिजित रहदै बंगलादेशलाई दोस्रो जित दिलाए ।
यसअघि पोखरा रंगशालामा टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपाल १९ दशमलब २ ओभरमा ५० रनमा समेटिएको थियो । कप्तान रुबिना क्षेत्रीले सर्बाधिक १३ रन बनाएको ईनिङसमा सोनु खड्काले १२ र ईन्दु बर्माले १० रन बनाईन । नेपालका अन्य ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपाली ईनिङस ध्वस्त पार्ने क्रममा राबिया खानले ४ तथा जहानरा आलमले २ विकेट लिए । सल्मा खातुन,नाहिदा अख्तर र फातिमा खातुनले समान एक विकेट लिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?