
पोखरा । १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला क्रिकेटमा नेपालले बंगलादेशसामु ५१ रनको सामान्य चुनौती प्रस्तुत गरेको छ । पोखरा रंगशालामा टस जितेको बंगलादेशले फिल्डिङ रोजेपछि ब्याटिङमा उत्रिएको नेपाल १९ दशमलब २ ओभरमा ५० रनमा समेटिएको हो । कप्तान रुबिना क्षेत्रीले सर्बाधिक १३ रन बनाएको ईनिङसमा सोनु खड्काले १२ र ईन्दु बर्माले १० रन बनाईन । नेपालका अन्य ब्याट्सवुमनले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपाली ईनिङस ध्वस्त पार्ने क्रममा राबिया खानले ४ तथा जहानरा आलमले २ विकेट लिए । सल्मा खातुन,नाहिदा अख्तर र फातिमा खातुनले समान एक विकेट लिए । ५१ रनको चुनौतीसहित बंगलादेशले केहिबेरमा जवाफि ब्याटिङ गर्नेछ ।
