Logo

मलेसीयाले विजयी सुरुवात गर्दा पीएनजीको लगातार दोस्रो हार

ई-खेलकुद २०७८ चैत्र १५ , मंगलबार ०४:०३ मा प्रकाशित

काठमाडौं । नेपालमा जारी त्रिदेशीय टी–ट्वान्टी सिरिजमा मलेसीयाले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा मलेसीयाले पपुवा न्यु गिनी पीएनजीलाई ८ रनले हराएको हो । किर्तिपुरस्थित त्रिबी क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा मलेसीयाले बाजी मारेको हो । अन्तिम ओभरमा जितका लागि १५ रन आवश्यक रहेकोमा पीएनजीको टोली ३ बल अगावै अलआउट भयो । मलेसीयाले दिएको १ सय ८१ रनको उच्च लक्ष्य पछ्याउने क्रममा पीएनजी १९ दशमलव ३ ओभरमा १ सय ७२ रनमा समेटिएको हो । टोनी उराले ५६ रन बनाएको पीएनजीको ईनिङसमा नोरमन भानुवाले ४५ र सिमोन अटाइले १५ रन जोडे । असद भालाले ११ रन बनाए । मलेसियाका शर्भिन मुनियान्दीले ४ तथा मुहमद वाफिक र विरन्दिप सिंहले समान तीन विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले ३ विकेट गुमाएर १ सय ८० रनको उच्च योगफल तयार पारेको हो । उसको जितमा कप्तान अहमद फाईज र विरन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । विरन्दिपले अविजित रहदै ५९ रन बनाउदा अहमद ५६ रनमा पभेलियन फर्किए । साएद अजिजले ४७ रनको योगदान गेर । पीएनजीका नोरमान भानुवाले २ तथा नोसेन पोकानाले १ विकेट लिए ।
प्रतियोगीताको तेस्रो खेलमा भोली नेपाल र मलेसीया प्रतिस्पर्धा गर्नेछन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?