Logo

मलेसीयाद्वारा नेपालसामु १ सय १५ रनको लक्ष्य प्रस्तुत

ई-खेलकुद २०७८ चैत्र १६ , बुधबार ०२:०३ मा प्रकाशित

काठमाडौं । त्रिदेशीय क्रिकेट अन्तर्गतको खेलमा मलेसीयाले नेपालसामु १ सय १५ रनको चुनौती प्रस्तुत गरेको छ । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको मलेसीयाले निर्धारित ओभरमा ८ विकेट गुमाएर १ सय १४ रनको योगफल तयार पारेको हो । गतिलो सुरुवात गरेपनि मलेसीयाको मध्य र पछिल्लो क्रम चल्न नसक्दा सामान्य योगफलमै सिमित बनेको हो । जुबाईदी जुल्कीफ्लीले सर्बाधिक ३२ रन बनाएको मलेसीयाको ईनिङसमा कप्तान अहमद फैजले २४,मुहम्मद अमिरले १६ र सेईद जजिजले १४ रन बनाए । अन्यले दोहोरो अंकको स्कोर छुन सकेनन् ।
नेपालका करण केसी र सन्दिप लामिछानेले समान २ तथा अबिनाश बोहोरा, कुशल मल्ल र दिपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए । दुबै टोली आज दोस्रो जितको खोजीमा रहेका छन् । पहिलो खेलमा नेपाल र मलेसीयाले पपुवा न्यु गिनी पीएनजीलाई हराएका थिए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?