Logo

मलेसीयाद्धारा नेपालसंग २ खेलको वन डे र समान खेलको टि–२० खेल्न प्रस्ताव

ई-खेलकुद २०७६ पुस १६ , बुधबार १०:०१ मा प्रकाशित

काठमाण्डौ । मलेसियाले नेपाली राष्ट्रिय टोलीसंग ४ वटा खेल खेल्न प्रस्ताव गरेको छ । मलेसिया क्रिकेट संघले नेपाल क्रिकेट संघ क्यानलाई २ म्याचको एकदिवसीय र समान खेलको टि–२० खेलको प्रस्ताव गरेको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । तर मलेसीयाको प्रस्तावमा नेपालले कुनै निर्णय गरेको छैन् ।
सुनसरीको ईनरुवामा जारी एम एम कप खेल्न मलेसियन टोली नेपाल आउदैछ । सोहि मौकामा उसले नेपालसंग एक दिवसीय र टि–२० सिरिज खेल्ने प्रस्ताव गरेको हो । क्यानले भने काठमाण्डौमा मैदान अभाव रहने भन्दै पोखरामा खेल खेलाउन सकिने जनाएको छ । तर उसले प्रस्ताव गरेअनुसार नै ४ खेल हुने संभावना न्युन रहेको सचिव प्याकुरेलले बताउनुभयो ।
खेल माघको पहिलो साता हुने उहा“ले जानकारी दिनुभयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?