Logo

मलेसीयाको राष्ट्रिय टोलीले ईनरुवामा हुने एमएम क्रिकेट खेल्ने

ई-खेलकुद २०७६ पुस ३ , बिहीबार ०३:१२ मा प्रकाशित

सुनसरी । मलेसीयाको राष्ट्रिय टोलीले सुनसरीमा हुने दोस्रो संस्करणको मनमोहन मेमोरियल (एमएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागीता जनाउने भएको छ । सुनसरीको ईनरुवामा आगामी पौष १५ देखी माघ ४ गतेसम्म हुने प्रतियोगीतामा मलेसियाको टोलीले सहभागीता जनाउन लागेको हो । प्रतियोगीताबारे जानकारी दिन राजधानीमा आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराईएको हो । १२ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगीतामा सात प्रदेशका टोलीसंगै ३ विभागीय, मलेसीया र एक स्थानिय टोलीले प्रतिस्पर्धा गर्ने छन् ।
इनरुवा नगरपालिका तथा मनमोहन मेमोरियल क्रिकेट सेन्टर प्रदेश १ कमिटीको संयुक्त आयोजनामा हुने प्रतियोगिताका सबै खेलहरु इनरुवा रंगशालामा हुने छ । प्रतियोगिताको विजेताले ४ लाख र उपविजेताले २ लाख प्राप्त गर्नेछ । सेमिफाइनल पुग्ने टोलीले ३० हजार रुपैया हात पार्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?