
एजेन्सी । मलेसियाको लिग च्याम्पियन क्लब जोहोर दारुल टाजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल १–० ले पछि परेको छ । मलेसियामा जारी खेलको पहिलो हाफ सकिदा नेपाल एक गोलले पछि परेको हो ।
खेलको दोस्रो मिनेटमै निकोलस अवर्टाेले मलेसियन क्लबलाई अग्रता दिलाएका थिए । सुरुवातमै गोल खाएर दबावमा आएको नेपालले खेल बराबरीमा ल्याउने प्रयास जारी राखेपनि पहिलो हाफमा संभव भएन् ।
सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
