
एजेन्सी । मलेसियाको लिग च्याम्पियन क्लब जोहार दारुल टाजिम एफसीविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । मलेसियामा आज भएको खेलमा नेपाल घरेलु टोलीसंग १–० ले पराजित भएको हो । प्रतिस्पर्धात्मक खेलमा जोहारलाई जिताउन खेलको दोस्रो मिनेटमा निकोलस अवर्टोले गरेको गोल निर्णायक बनेको थियो । उनले फ्रिकिकको अवसरलाई सिधै जाली चुमाएका थिए ।
सुरुवातमै गोल खाएर दबावमा आएको नेपालले खेल बराबरीमा ल्याउने प्रयास जारी राखेपनि गोल फर्काउन सकेन् । मलेसियन क्लबबिरुद्धको खेलमा नेपालले पहिलो हाफ एकजना स्टाईकर बिमल घर्ति मगर लिएर मैदान उत्रिएको थियो । तर प्रशिक्षक जोहान कालिनको यो प्रयोग पनि असफल बनेको छ । दोस्रो हाफमा केहि सुधारिएको खेल खेलेपनि नेपालको अग्रपक्ती त्यसमा चुकेको थियो ।
सन् २०२२ को फिफा विश्वकप अन्तर्गत एसियाको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेलेको हो ।
