Logo

मन्देकाजी श्रेष्ठ र गौरिका सिंह वर्ष उत्कृष्ट खेलाडी घोषित

ई-खेलकुद २०७७ पुस २९ , बुधबार ०७:०१ मा प्रकाशित

काठमाण्डौ । पुरुष तर्फ कँरातेका मन्देकाजी श्रेष्ठ र महिला तर्फ पौडीकी गौरिका सिंह, २०७६ सालको उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले स्थापनाको २५ औं वर्ष मनाउने क्रममा हिजो आयोजित १७ औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्डमा १३ औं सागका स्वर्णधारी श्रेष्ठ र सिंहलाई वर्षको उत्कृष्ठ खेलाडी घोषित गरिएको हो । उनीहरुले पल्सर मोटरसाईकल प्राप्त गरे । सागमा २ स्वर्ण जितेका उनले एथ्लेटिक्सका गोपीचन्द पार्की, गल्फका सुवास तामाङ, फुटबलका विकेश कुथु र तेक्वान्दोका कमल श्रेष्ठलाई पछि पारेका हुन् ।
१३ औं सागमा ४ वटा स्वर्ण २ रजत र ३ कांस्य पदक जितेकी गौरिकाले सो विधामा तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ, करातेकी अनु अधिकारी र ट्रायथोलनकी सोनी गुरुङलाई उछिन्दै उत्कृष्ट महिला खेलाडीको पुरस्कार जितेकी हुन् ।
भलिबलकी अरुणा शाहीले यस वर्षको पल्सर स्पोर्टस पिपुल्स च्वाइस अवार्ड जितेकी छन् । अनलाईन भोटिङ, फेसबुक लाइक, खेलकुद पत्रकार, राष्ट्रिय खेलकुद संघका प्रशिक्षकको मतका आधारमा राष्ट्रिय महिला भलिबल टिमकी कप्तान शाहीले पिपुल्स च्वाइस अवार्ड जितेकी हुन् । उनले पल्सर मोटरसाईकल प्राप्त गरिन् । यो अवार्डको मनोनयनमा करा“तेका मण्देकाजी श्रेष्ठ, बास्केटबलकी सदिना श्रेष्ठ, पौडीकी गौरिका सिंह र फुटबलकी सावित्रा भण्डारी थिए ।
१३ औं सागमा गल्फ खेलबाट २ वटा स्वर्ण जितेका गल्फर सुवास तामाङ वर्षको उत्कृष्ट युवा खेलाडी घोषित हु“दा राष्ट्रिय भलिबल टोली टिम अफ द इयर बनेको छ । दुवै विधाको पुरस्कार राशी ५० हजार रुपैया“ रहेको छ । तेक्वान्दोका प्रशिक्षक नवीन श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक चुनिए । उनको प्रशिक्षणमा नेपालले १३ औं सागमा तेक्वान्दोबाट १२ वटा स्वर्ण जितेको थियो ।
तेक्वान्दोकी आयशा शाक्य र एथ्लेटिककी सन्तोषी श्रेष्ठलाई संयुक्त रुपमा यसवर्षको स्पेसल पल्सर स्पोर्टस अवार्ड प्रदान गरिएको छ । १३ औं सागमा आयशाले २ वटा स्वर्ण जितेकी थिइन् भने नेपाली एथ्लेटिक्समा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण जित्ने सन्तोषी पहिलो खेलाडी हुन् । यसवर्षको पारा एथ्लिट अवार्ड ह्वीलचियर बास्केटबल, टेबलटेनिस र क्रिकेट खेलाडी दिगमसिंह चेम्जोङलाई प्रदान गरियो । टेबल टेनिसकी गीता क्षेत्री र सिजरिन शाहलाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । उनीहरुले सन् १९९१ मा भएको पा“चौ संस्करणको दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक दिलाएका थिए ।

गौरिका स्पोर्ट्स अवार्ड

सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?