Logo

मदन भण्डारी स्पोर्टस एकेडेमीलाई हराउदै धरान फुटबल क्लब फाइनलमा

ई-खेलकुद २०७६ असोज ८ , बुधबार ०५:०९ मा प्रकाशित

बेलवारी । धरान फुटबल क्लब मोरङमा जारी तेस्रो लक्ष्मीमार्ग अन्तराष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि नजिक पुगेको छ । आज भएको पहिलो सेमिफाइनलमा मदन भण्डारी स्पोर्टस एकेडेमीलाई २–१ ले हराउदै धरान फुटबल क्लबले फाइनल यात्रा तय गरेको हो ।

रोमाञ्चक खेलमा धरानले सुरुवातदेखी नै एकेडेमीमाथी दबाव राखेको थियो । धरानको जितमा बर्तमान राई र कर्ण लिम्बुले एक एक गोल गरे । मदन भण्डारी स्पोर्टस एकेडेमीका सुसन तामाङले सान्त्वना गोल फर्काएका थिए । खेलको छैठौ मिनेटमा राईको गोलबाट अग्रता बनाएको धरानका लागि ८१ औ मिनेटमा कर्णाले अग्रता दोब्बर पारेका थिए । ८७ औ मिनेटमा सुसनले गोल गर्दै अन्तर घटाएपनि त्यसपछि थप गोल गर्न नसक्दा एकेडेमी हार भोग्न बाध्य भयो ।

खेलमा धरान फुटबल क्लबका रोशन भुजेल म्यान अफ दि म्याच घोषित भए । उनले ५ हजार रुपैया हात पारे ।गोल्डकपको दोस्रो सेमिफाइनलमा भोली विभागीय टोली एपीएफ र पाहुना टोली रोयल क्लब सिलुगुढि भारतबिच प्रतिस्पर्धा हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?