Logo

मकवानपुरलाई हराउदै घरेलु टोली चितवन सेमिफाइनलमा

ई-खेलकुद २०७६ असोज ३० , बिहीबार ०८:१० मा प्रकाशित

नारायणगढ । चितवन ११ टुबोर्ग जेसीज विकास रनिङ शिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा मकवानपुर ११ लाई ३–२ ले हराउदै घरेलु टोली चितवनले अन्तिम चारमा स्थान बनाएको हो । नारायणगढस्थित क्याम्पा चौर मैदानमा चितवनलाई जिताउन रुमेस बर्तौलाले दुई र अनिश श्रेष्ठले एक गोल गरे । रुमेसले ३५ र ५० औ मिनेटमा गोल गरेका थिए । अनिसले दोस्रो हाफको ६६ औं मिनेटमा गोल गरेका थिए ।
मकवानपुरका तर्फबाट रवि भण्डारी र कृष्ण रुम्बाले गोल गरे । खेलमा चितवनका रुमेश म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा भोलि नेपाल पुलिस क्लब र सरस्वती युवा क्लब काठमाडौंबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले ६ लाख ६ हजार ६ सय ६६ र उपविजेताले ३ लाख ३ हजार तीन सय ३३ रुपैयाँ प्राप्त गर्नेछन् ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?