Logo

भौतिक पुर्बाधारको संरक्षण चुनौती बन्दै

ई-खेलकुद २०७६ असोज १९ , आईतबार ०८:१० मा प्रकाशित

काठमाण्डौ । विभिन्न समयमा भएका प्रतियोगितालाई लक्षित गर्दै निर्माण गरिएका भौतिक पुर्वाधार, प्रतियोगितापछि लथालिंङग बन्ने प्रबृती निक्कै बढेको छ । केन्द्र र स्थानिय सरकारबिच स्वामित्वको अस्पष्टका कारण पुर्बाधारको संरक्षणमा ध्यान पुग्न नसकेको छ । नेपालगञ्जमा सम्पन्न आठौ राष्ट्रिय खेलकुदका क्रममा निर्माण गरिएका संरचनाको संरक्षण अहिले निक्कै चुनौती बन्दै गएको छ । क्षेत्रीय खेलकुद विकास समितीले संरक्षणमा ध्यान दिने दाबी गरेपनि आवश्यक जनशक्तिको जोहो गर्न नसकदा तथा प्राबिधिक कर्मचारीको अभावका कारण पुरानै नियती दोहोरिएको हो ।

नेपालगञ्ज रंगशालामा दाखौ रुपैया खर्च गरेर रोपिएको बर्मुडा घाँसको संरक्षण अहिले निक्कै चुनौतीपुर्ण बनेको छ । रंगशालामा जथाभावी प्रबेश गरी फोहोर गर्ने तथा अनावश्यक बस्तु फाल्ने प्रबृतीले रंगशालाको अवस्था पुरानै बन्न थालेको हो ।
करौडौ रकम खर्च गरेर बनाईएका यस्ता संरचनालाई तालुक निकायले बेवास्ता गर्ने प्रबृतीका कारण केहि समयमै पुरानै अवस्थामा पुग्ने गरेका छन् ।
महिला साफ च्याम्पियनसिपका लागि बिराटनगरमा पुर्ननिर्माण गरिएको सहिद रंगशाला पनि संरक्षण अभावमा जस्ताको त्यस्तै अवस्थामा पुगेको छ । स्थानिय तहले बजेट र कर्मचारीको अभावका कारण संरक्षणमा ध्यान दिन नसकेको स्विकार्छन् । सरोकारवाला माथिल्लो निकायको ध्यान पुग्न नसक्दा समस्या बढेको उनीहरुको भनाई छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?