Logo

भुटानसंग खेल्दै नेपालले साग फुटबलको सुरुवात गर्ने

ई-खेलकुद २०७६ मंसीर १२ , बिहीबार ०५:११ मा प्रकाशित

काठमाण्डौ । सहज प्रतिद्धन्दी भुटानसंग खेल्दै नेपालले साग फुटबलको सुरुवात गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले साग फुटबलको खेल तालिका अनुसार डिसेम्बर ३ मा नेपाल र भुटानबिचको खेल हुने तय भएको हो । भारतले अन्तिम समयमा नाम फिर्ता लिएपछि सहभागी ५ राष्ट्रबिच राउण्ड रोबिन लिगका आधारमा प्रतियोगीता हुन लागेको हो ।
नेपाल र भुटानबिचको खेल मंसिर १७ गते हुनेछ । १८ गते श्रीलंकासंग खेल्ने नेपालले तेस्रो खेलमा २० गते माल्दिभ्सको सामना गर्नेछ । अन्तिम खेलमा नेपालको भेट २२ गते बंगलादेशसंग हुनेछ ।
शीर्ष दुई टोलीले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् । तेस्रो र चौथोबिच कास्यका लागि खेल हुनेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?