Logo

भुटानलाई हराउदै साग पुरुष फुटबलको स्वर्ण नेपाललाई

ई-खेलकुद २०७६ मंसीर २४ , मंगलबार ०४:१२ मा प्रकाशित

काठमाण्डौ । १३ औ दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष फुटबलको उपाधि नेपालले जितेको छ । आज भएको फाईनलमा भुटानलाई २–१ गोल अन्तरले हराउदै नेपालले स्वर्ण हात पारेको हो । योसंगै घरेलु मैदानमा आयोजित सागमा नेपालको स्वर्ण संख्या ५१ पुगेको छ ।
राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेलको पहिलो हाफ एक एकको बराबरीमा सकिएपनि दोस्रो हाफमा १ गोल थप्दै नेपालले जित हात पारेको हो । नेपालको जितमा अबिशेक रिजाल र सुनिल बलले एक एक गोल गरे । भुटानका कप्तान चेन्चो ग्याल्जेनले एक गोल फर्काए ।
१६ औ मिनेटमा अबिशेक रिजालको गोलबाट नेपालले अग्रता बनाएपनि भुटानका कप्तान चेन्चोले ३७ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । डिबक्सभित्रबाट चेन्चोले उत्कृष्ट गोल गर्दै भुटानलाई बराबरीमा पुर्याएका हुन् । खेलको ५३ औ मिनेटमा सुनिल बलले हेडमार्फत गोल गर्दै नेपाललाई २–१ को अवस्थामा पुर्याए । त्यसपछि दुबै टोलीले गोल गर्न नसक्दा सोहि नतिजा निर्णायक बन्यो ।
प्रतिस्पर्धात्मक खेलमा नेपालले बल पोजिशनमा पकड बनाएपनि गोल गर्ने थप अवसरको भने सदुपयोग गर्न सकेन् । चोट बोकेका कप्तान सुजल श्रेष्ठ पहिलो हाफको १२ औ मिनेटमै मैदानबाट बाहिरिएका थिए ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?